वि.सं:
नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१
नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि विश्व मञ्चमा नेपालको हुलाक सेवाको उपस्थिति भई नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भएको हो ।
हुलाकबाट प्रवाह हुने अनिवार्य सेवा अन्तर्गत चिठ्ठीपत्र,पुलिन्दा,हुलाक मञ्जुषा पर्छन ।त्यस्तै,व्यवसायिक सेवा तर्फ द्रुत डाँक र हुलाक बचत बैंक पर्छन्।वर्तमान सञ्चार प्रविधिमा भएको व्यापक विस्तार तथा निजी डाँक सेवासँग प्रतिस्पर्धाको चुनौती सामना गर्नका लागि नेपाल हुलाकले वि.सं.२०७३ सालदेखि आन्तरिक ट्रयाकिङ्ग प्रणाली[Postal Internal Tracking System(PITS) ]का साथै काठमाडौं उपत्यकाभित्र घुम्ती हुलाक सेवा पनि विस्तार गरेको छ ।
जिल्ला हुलाक कार्यालय गोरखाः
नेपालको गण्डकी प्रदेश अन्तर्गत हिमाली जिल्लामा पर्ने यस गोरखा जिल्लाको कूल क्षेत्रफल ३६१० वर्गकिलोमिटर रहेको छ भने यहाँ २ वटा नगरपालिका र ९ वटा गाँउपालिका गरी जम्मा ११ वटा स्थानीय तहहरु रहेका छन् । यस जिल्लामा सञ्चारको सवैभन्दा पुरानो माध्यम साथै भरपर्दो, विश्वासिलो तथा अभिन्न अंगका रुपमा रहेको हुलाक सेवाको पुन संरचना संगै सांगठनिक रुपमा गोरखा नगरपालिकामा १ जिल्ला हुलाक कार्यालय, र बांकि १० पालिका हरुमा १० वटा पालिका हुलाक काार्यालयहरु रहेका छन् । साथै जिल्ला भरी ५६ बटा अतिरिक्त हुलाक कार्यालयहरय रहेकोमा अतिरिक्त हुलाक नियमावली पाचौं संसोधन पश्चात २१ वटा खारेज भई हाल ३५ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् ।