NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व षष्ठी - ६

हुलाक सेवाको पुर्नसँरचना तथा कर्मचारीहरुको क्षमता विकास विषयक अन्तर्क्रिया (२०८१ बैशाख १७ गते)

हुलाक सेवाको पुर्नसँरचना तथा कर्मचारीहरुको क्षमता विकास विषयक अन्तर्क्रिया (२०८१ बैशाख १७ गते)
हुलाक सेवा विभागकाे आयोजनामा मिती २०८१।०१।१७ गतेका दिन गोरखा जिल्ला सदरमुकाममा हुलाक निर्देशनालय कास्कि र यस अन्तर्गत सहित १६ वटा जिल्ला हुलाक कार्यालयहरु स्याङ्गजा,पर्वत,बाग्लुङ्ग,म्याग्दी,मुस्ताङ्ग,रुपन्देही,पाल्पा,कपिलवस्तु,गुल्मी,मनाङ्ग,तनँहु,लमजुँङ्ग,नवलपरासी पूर्व,नवलपरासी पश्चिम,अर्घाखाचीका हुलाक अधिकृत र प्रतिनिधि कर्मचारीहरुको सहभागीतामा हुलाक सेवाको पुर्नसँरचना तथा कर्मचारीहरुको क्षमता विकास विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । साे कार्यक्रम गोरखा जिल्लामा गर्न पाउँदा र सहभागी सर म्यामहरुलाई गोरखा जिल्लामा स्वागत गर्न पाउँदा हामी कृतज्ञ छौ । विशेष गरी हुलाक सेवा विभाग का निर्देशक श्री ध्रुब राज आचार्य सर , शा.अ. गोपाल निरौला सर, ले.अ गोपाल आचार्य सर,शा.अ.कुशल न्यौपाने सर, क.अ. दिपक राज पौडेल सर, हुलाक निर्देशनालय कास्कीका निर्देशक श्री कृतन राज पौडेल सर,शा.अ. तुलसी आचार्य सर ,हुलाक प्रशिक्षण केन्द्रका प्रशिक्षक श्री गणेश गौतम सर लगायत सहभागी सम्पूर्ण सर म्यामहरुप्रति जिल्ला हुलाक कार्यालय गोरखाको तर्फवाट धन्यवाद ज्ञापन गर्न चाहन्छौ।
जिल्ला समन्वय गोरखाका प्रमुख श्री मोहन वहादुर थापा मगर ज्यूको प्रमुख आतिथ्यता, जि.स.स. उपप्रमुख श्री लिला परियार ज्यू, गोरखा नगरपालिकाका नगर प्रमुख श्री कृष्ण बहादुर राना मगर ज्यूको विशिष्ट आतिथ्यता साथै सहायक प्रमुख जिल्ला अधिकारी श्री श्रीनाथ पौडेल ज्यू,जिल्ला समन्वय अधिकारी श्री श्रीधर पन्थी ज्यू,गो.न.पा.का प्र.प्र.अ.श्री कृष्ण प्रसाद सुवेदी ज्यू, नेपाल पत्राकार महासघँ गोरखाका का.वा. अध्यक्ष श्री नरेन्द्र ढकाल ज्यू, रा.स.स गोरखा अध्यक्ष श्री दिपक श्रेष्ठ ज्यू, उपभोत्ता हित सँरक्षण समितीका उपाध्यक्ष श्री किरण लोहनी ज्यू, गोरखा दरौदी यातायात समितिका अध्यक्ष श्री नारायण वावु खत्री ज्यू, उधोग बाणीज्य सँघ गोरखाका वरिष्ठ उपाध्यक्ष श्री भगवानबाबु मास्के ज्यूको आतिथ्यतामा कार्यक्रम गर्न पाउँदा जिल्ला हुलाक कार्यलय गोरखा कृतज्ञ छौ साथै सहयोग र प्रतिवद्दताको लागी पुनः धन्यवाद ज्ञापन गर्दछौ ।