माननीय सञ्चार तथा सूचना मन्त्री जगदीश खरेल ज्यूद्धारा जिल्ला हुलाक कार्यालय गोरखामा स्मार्ट हुलाक घोषणा र शुभारभ्म कार्यक्रम
२९ पुष, २०८२
१४ पुस, गोरखा । जिल्ला हुलाक कार्यालय गोरखा नेपालकै पहिलो ‘स्मार्ट हुलाक’ बन्न सफल भएको छ । सोमबार माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ज्यूको उपस्थितिमा कार्यालयलाई स्मार्ट हुलाक घोषणा गरिएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै माननीय मन्त्री ज्यूले हुलाकलाई व्यावसायिक सेवाको रूपमा प्रयोग गर्न सकिने बताउनु भयो ।
‘हुलाकलाई गुड्ससँग जोड्न सकियो भने कार्यालयलाई थप चलायमान बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘आम्दानीको स्रोत पनि बलियो हुन्छ ।’ त्यसका लागि सरकार विशेष योजना बनाएर अघि बढ्नेछ ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख बिनोद प्रसाद गैरे ज्यूले डाँक गाडी नहुँदा सेवामा केही ढिलाइ भएको मन्त्रीसमक्ष गुनासो राख्नु भयो । कर्मचारी जनशक्तिको अभाव रहेको बताउँदै उहाँले हुलाकको सेवा विविधिकरण र बिस्तारमा जोड दिन आग्रह गर्नुभयो ।
प्रविधिमैत्री, पारदर्शी, विश्वसनीय तथा द्रुत सेवा सञ्चालनमा अग्रणी स्थान हाँसिल गर्दै गोरखा जिल्ला हुलाक कार्यालय देशकै उत्कृष्ट बन्न पनि सफल भएको छ ।
हुलाक विभागद्वारा लागु गरिएका विभिन्न मापदण्ड सबैभन्दा पहिले पूरा गरी जिल्ला हुलाक कार्यालय गोरखा सर्वोत्कृष्ट बन्न सफल भएको विभागले जनाएको छ ।
हुलाक सेवा बिभागको महानिर्देशक श्रीमान मनमाया भट्टराई पँगेनि ज्यूको अघ्यक्षता,माननीय मन्त्री जगदीश खरेल ज्यूको प्रमुख आतिथ्यता,सन्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव श्रीमान् राधिका अर्याल ज्यू , प्रमुख जिल्ला अधिकारी श्रीमान् तुलसी बहादुर श्रेष्ठ ज्यू ,जिसस उपप्रमुख श्री लीलामाया परियार ज्यू ,हुलाक सेवा बिभागका निर्देशक श्री जमुना मिश्र ज्यू,हुलाक निर्देशनालय पोखराको हुलाक निर्देशक श्री नारायण आचार्य ज्यू,जिल्लामा क्रियाशील पत्रकार ज्यूहरू,जिल्ला स्थित सरकारी कार्यालय प्रमुख ज्यूहरूको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सु सम्पन्न भयो ।कार्यक्रम हुलाक सेवा बिभागका निर्देशक श्री लीला राज पौडेल ज्यूले सन्चालन गर्नुभएको थियो ।